कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ७२ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ३ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।