
कञ्चनपुरमा एक वडाध्यक्षलाइ कालोमोसो दलिएको छ।

बेलडाडी गाउँपालिका-२ का वडा अध्यक्ष प्रेम खातिलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरले खातिलाइ कार्यकक्षमै गएर कालोमोसो दलेको जनाएको छ। संगठनले एक विज्ञप्ती जारी गर्दै मनोमानी तथा अनियमितता गरेको भन्दै जनकारबाही स्वरुप यस्तो गरेको जनाएको हो।
