कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १६ जनामा कोरोना पुष्टि
 
dd

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। बुधवार कार्यालयले एक सूचनामार्फत उक्त जानकारी दिएको छ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा पुस ६ देखि १० गते सम्मलाई बन्द गरिएको छ। कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिएका छन्।