कैलालीमा एक जना मृत फेला
 
aa

कैलालीमा एक जना वृद्धको शव फेला परेको छ।

बर्दगोरीया गाउँपालिका–३ स्थित बुटकौवा सडक खण्डको किनारमा सोही ठाउँका ७१ वर्षीय लालसिंह कामी मृत अवस्थामा भेटिएका हुन्।

उनको शव स्थानीयले फेला पारेपछि ईलाका प्रहरी कार्यालय बौनियालाई जानकारी गराएका थिए। प्रहरीले शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएको छ।