 
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिडिरहेका छन् ।
 
 शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली आईतबार अहिले उपाधिका लागि भिडिरहेका हुन् ।
पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदुपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको थियो ।
 
 
 एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेको छ । प्रदेश १ ब्याटिङ गरिरहेको छ । 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
