 
कैलालीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या एक सय २४ पुगेको छ। धनगढी प्रयोगशालामा मार्फत २० र काठमाडौैको टिचिङ अस्पतालको प्रयोगशाला मार्फत आज थप एक जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको सङख्या एक सय २४ पुगेको हो।
 
 आज २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेन्टाइनमा रहेका छन् भने दुई जना भजनीको मोहन्याल विश्व माविको क्वारेन्टिनमा छन्। काठमाडौँमा पुष्टि भएका एक जनाको भने स्थानीय तह खुलेको छैन्।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा २६ जना, टीकापुर नगरपालिकामा २२ जना, जानकी गाउँपालिकामा ९ जना, चुरे गाउँपालिकामा ५ जना, लम्कीचुहा नगरपालिका पाँच जना, गोदावरी नगरपालिकामा ४ जना, बर्दगोरिया गाउँपालिकामा दुई जना, भजनी नगरपालिकामा तीन जना, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित भेटिएका छन्। एक जनाको पालिका भने खुलेको छैन्।
 
 संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।
कैलालीपछि कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
