 
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनलमा विभागीय टीम एपिएफ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । एपिएफले पहिले ब्याटिङ गर्दै लुम्बिनीलाई एक सय ३० रनको लक्ष्य दिएको छ ।
 
 टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो । एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् ।
त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन् । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिईन् ।
 
 
 १३० रनको विजय लक्ष्य लिएर लुम्बिनी ब्याटिङ गरिरहेको छ । 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
