
धनगढीमा मानसिक सन्तुलन ठिक नभएका युवकमा कोरोना पुष्टि भएपछि वडा नम्बर १२ मा त्रास वढेको छ । उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा जेठ २० गते भारतबाट फर्किएका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपनि उनी गाउँ गाउँ घुम्दा त्रास वढेको हो ।

उनले क्वारेन्टिनमा बस्न नमानेपछि होम क्वारेन्टिनमा राखेर घर सिल गरिएकोमा मंगलवार कोरोना पुष्टि भएको वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए । कोरोना पुष्टि भएपछि पनि राति ९ बजे उनी छिमेकीहरुको घर–घरमा पुगेको वताईएको छ ।
स्थानीयलाई कोरोना सराउने भन्दै उनी घर–घरमा गईरहेका छन तर उनलाई अस्पतालको आईसोलेसनमा राख्न कुनै तयारी भएको छन । गाउँभरी त्रास फैलिएको छ ।
