 
कैलालीको गोदावरी नगरपालिका स्थित लालपुरमा सवारी दुर्घटना भएको छ । मोटरसाईकल र जीप एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
 
 मृतक मोटरसाईकल चालक रहेका छन् । मृतक मोटरसाईकल चालकको खल्तीमा जोशीपुर गाउँपालिका २ कैलालीका गम्भीर कोटकेनीको मतदाता परिचय पत्र फेला परेको छ ।
 
 
 सडक दुर्घटनामा परी मृत्यु भएकाको वारेमा विस्तृत जानकारी आउन सकेको छैन । घटनास्थलमा भरखरै प्रहरी पुगेको छ ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
