 
 
 सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डाक्टर आरजु राणा देउवाले कैलालीको गदरीया स्वास्थ्य चौकीलाई करिब ५० हजार बराबरको स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण गरेकी छिन ।
 
 
 कोराना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डाक्टर आरजु राणा देउवाले बताइन । उउनले भनिन स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट बच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ । हस्तान्तरण गरिएको स्वास्थ सामाग्रीहरुमा पिपिई २ सेट,सेनिटाईजर ५ लिटर,थरमल गन १ वटा,पन्जा २०० पिस,पेपर मास्क २०० पिस,एन ९५ मास्क ४ वटा,हातधुने साबुन २० वटा,स्यानेटरी प्याड ९६ वटा र फिससिल्ड २ वटा रहेका छन् ।
 
उक्त स्वास्थ सामाग्री सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कैलालीका अध्यक्ष विनय लामा,उपाध्यक्ष डण्डीराज सुवेदी र सचिव तपेन्द्र भूषालले गदरीय स्वास्थ्य चौकीका हे.अ. भागेश्वर चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।
कोरोना संक्रमण र स्वास्थ सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दे .डाक्टर आरजुले सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रसुती गृहलाई स्वास्थ्य सामाग्री र सुत्केरीलाई पोषणयुक्त खाद्य राहत सामाग्री निरन्तर प्रदान गर्दे आएकी छिन ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
