 
टीमा कोल्ड चेम्बरको शिलान्यास गरिएको छ। शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुरमा उक्त कोल्ड चेम्बरको शिलान्यास गरेका हुन्। ३५ लाख ६८ हजार ७ सय ३३ रुपैयाँ रकममा उक्त कोल्ड स्टोर निर्माण हुने कृषि विकास निर्देशनालयले जनाएको छ।
 
 भैरवशक्ति निर्माण सेवा प्रालि डोटीले निर्माणको जिम्मा पाएको उक्त कामका लागि गत बशाख ८ गते सम्झौता भएको भएको थियो। तर कोरोना महामारीका कारण ढिलो गरी शिलान्यास गरिएको कोल्ड स्टेर पुस मसान्तभित्र निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
कूल २० मेट्रिक टन अर्थात २ सय क्विन्टलसम्म क्षमताको उक्त कोल्ड चेम्बर दिपायल सिलगढी नगरपालिका अन्तरगत नगर विकास समितिको जग्गामा बन्न लागेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए। कोल्ड चेम्बर बनेमा सो आसपासको कृषिजन्य उत्पादन सुरक्षित रुपमा स्टोर गर्न निकै सहज हुने जोशीले बताए।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
