 
कैलालीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या एक सय तीन पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्।
 
 आज कैलालीको धनगढी उप–महानगरपालिकाका ३९ बर्षीय महिला, १, २३, ३०, ३२, ३३, ३३, ५२ बर्षीय पुरुष र लम्की चुहाका १४ र २४ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको हो। धनगढीमा वडा नम्वर १, २ र ५ का एक÷एक जना र वडा नम्वर १२ का पाँच जनामा कोरोना पुष्टि भएको हो।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा २६ जना, टीकापुर नगरपालिकामा २२ जना, जानकी गाउँपालिकामा ९ जना, चुरे गाउँपालिकामा ५ जना, लम्कीचुहा नगरपालिका पाँच जना, गोदावरी नगरपालिकामा ४ जना, बर्दगोरिया गाउँपालिकामा दुई जना, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकामा एक/एक जना कोरोना संक्रमित भेटिएका छन्।
 
 संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।
कैलालीपछि कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २०, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
