मोटिभेस्नल स्पिकर साइग्रेस धनगढी आउँदै
 
dd

मोटिभेस्नल स्पिकर साइग्रेस पोखरेल धनगढी आउने भएका छन्। मंगलबार धनगढीको रुबस होटेलमा हुने युवा मोटिभेसन कार्यक्रममा पोखरेल सहभागी हुने आयोजक रुडेस नेपालका प्रतिनिधी जीवन ढुङ्गानाले बताए।

मंगलबार दिउँसो २ बजेबाट हुने कार्यक्रमको मुख्य सहयोगी संस्था नेपाल युवा परिषद रहेको छ । होटेल पार्टनर रुवस होटेल, अस्पताल पार्टनर निसर्ग अस्पताल र एजुकेसन पार्टनर एडुपल रहेको छ।

कार्यक्रममा निःशुल्क सहभागी हुन पाइने आयोजकले बताएको छ।