
धनगढीमा प्रदेश सांसदको भरणपोषणका लागि एक रुपैँया सहयोग अभियान सुरु भएको छ । खबरदारीका लागि युवा समूहले अभियान सुरु गरेको हो ।


सुदूरपश्चिमको प्रदेश सभाको प्रवेशद्धारा नजिक भएको कार्यक्रममा एक एक रुपैँया संकलन गरिएको छ । प्रदेश सभाका सदस्यहरुको पारिश्रमिक वृद्धि भएको विरोधमा उनीहरुले बिरोध स्वरुप अभियान सञ्चालन गरेको बताएका छन् ।
अभियन्ता विनोद देउवाले प्रदेश सरकारलाई खरदारी गर्न सडकमा आएको बताए । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पनि वृद्धि भएको पारिश्रमिक लिएको भन्दै आपत्ति प्रकट गरे । उनीहरुले प्रदेश सरकारको बिरुद्धमा लेखिएका विभिन्न पोष्टरहरु पनि बोकेका थिए ।