मन्त्री आलेले भने- 'सुदूरपश्चिममा ओलीको पार्टीलाई जिरो डिग्रीमा पुर्‍याउछौं'
 
aa

सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउने बताएका छन् ।कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् ।

“पाँच दल बनेर बनेको गठबन्धलाई कुनै हालतमा टुट्न दिनु हुदैन्,” उनले भने,“केपी ओली भ्रसेस अल गरेर अब केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्याउनुपर्छ।,”

यस्तै उनले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। “माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ। एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धरासायी अवस्थामा पुगेको छ,” उनले भने ।