

सुदुरपश्चिममा खानेपानी आयोजनाका लागि ९७ करोड बजेट विनियोजन भएको छ । नौ वटै जिल्लामा एक सय १० वटा खानेपानी आयोजनाका लागि सो रकम विनियोजन भएको हो । यसबाट २४ हजार ८ सय जनसंख्या लाभान्वित हुनेछन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् ।
