 
 
नेपाली काग्रेसकी नेतृ,पूर्व सासंद एंव बरिष्ठ महिला अधिकारकर्मी डा.आरजु राणा देउवाले कैलालीको लम्की स्थिती क्वारेन्टाईनमा भएको सामूहिक बलात्कार घटनाको घोर निन्दा एवं भत्र्सना गर्दे दोषीलाई कडा कारवाहीको जोडदार माग गरेकी छिन  ।
 
 काग्रेस नेतृ डां आरजुले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाको शनिबार मध्यरातमा सामूहिक बलात्कार भएको घटनाले आफूलाई स्तब्ध बनाएको र गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्य तथ्य पत्ता लगाई उक्त घटनामा संग्लग्न अपराधिहरुलाई हदै सम्मको कानुनी कारबाहीका लागि सरकार संग जोडदार माग गरेकी छिन ।
साथै उहाँले कोभिड (१९को यस्तो विषम परिस्थितिमा महिला दिदि बहिनीहरुको सामाजिक सुरक्षा र संवेदनशिलतालाई मध्येनजर गरी बेग्लै क्वारेन्टिन र आइसोलेसनको व्यवस्था मिलाउन, गर्भवती र सुत्केरी महिलाहरुको लागि पनि बेग्लै क्वारेन्टिनको ब्यबस्थापन गर्न नेपाल सरकारसंग जोडदार माग सहित गम्भीर ध्यानाकर्षण गरेकी छिन ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
