
अविरल वर्षापछि धनगढीका अधिकांश भाग डुबानमा परेका छन् ।

धनगढी बजारको मूल सडक अन्तर्गत पर्ने एलएनचौक, पार्कमोड, क्याम्पस रोडमा पानी जमेका कारण आवागमन असहज भएको छ ।

धनगढी उपमहानगरपालिका १, २,३, ४, ७, ८ का अधिकांश वस्ती जलमग्न भएका छन् । बिशालनगर, उत्तरबेहडी, विद्युत प्राधिकरण क्षेत्र, कृष्णटोल बिगतमा झै यस पटक समेत जलमग्न भएको छ ।