
धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालका लागि ५ जना फिजिसियन सहित ४८ जना स्वास्थ्यकर्मी माग गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले मंगलवार ४८ जना स्वास्थ्यकर्मीहरुका लागि विज्ञापन आह्वान गरेको हो ।

५ जना फिजिसिया, २ जना एनेष्थोलोजिष्ट, १० जना मेडिकल अधिकृत, एक जना वायो मेडिकल ईन्जिनियर र ३० जना स्टार्फ नर्सहरु गरी ४८ जना स्वास्थ्यकर्मीहरुका लागि करार सेवा विज्ञापन खोलिएको हो ।
मौखिक अन्तवार्ताबाट पदपुर्ति गरिने निर्देशनालयले जनाएको छ ।
