बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोसीको गयराति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
बिगत ३ दिन देखी अस्पताल भर्ना भएका जोसीको गयराति मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए ।
पोष्टमार्टम पछि कोरोना संक्रमण नदेखीएमा शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तीम संस्कार गरिने बताइएको छ । मृतक जोसी बिगत ५बर्ष देखी मलेसियामा काम गर्दै आएका थिए ।
उनको घरमा श्रीमति, २ छोरी र १ छोरा रहेकाछन् । शारीरिक रुपमा स्वस्थ रहेका जोसीलाई २दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टी भएको थियो ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34