
सुदूरपश्चिमका केही जिल्लामा आइतबार राती परेका वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी भएको छ ।

किसानले धान बालि भित्र्याउन सुरु गरेकै बेला एक्कासी परेको पानीले किसानको पाकेर भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सान गरेको हो ।

असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरूले धान बालि काटेर भित्र्याउन सुरु गरेका छन् ।आइतबार राती परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटीका किसानले लगाएको धान बालीमा बढी क्षति गरेको छ ।
तस्विर : तीर्थराज भट्ट/ हेमन्त अवस्थी