
प्रदेश सरकारको तलब भत्ता वृद्धिका लागि एक रुपैयाँ सहयोग अभियान सञ्चालन गरिएको छ । खबरदारीका लागि युवाले एक रुपैयाँ सहयोग अभियान सञ्चालन गरेका हुन् । उनीहरुले सोमबारदेखि यो अभियान थालेका छन् ।

प्रदेश सरकारले मुख्यमन्त्री सांसदहरुले तलब र सेवा सुविधा बढाएपछि त्यसको विरोधमा अभियान थालिएको खबरदारीका लागि युवाका संयोजक सुरेन्द्र शाहले जानकारी दिए ।
अभियान अन्तर्गत सोमबार धनगढीको पार्कमोडमा एक रुपैयाँ संकलन अभियान सञ्चालन गरिने भएको छ । केही दिनसम्म धनगढीका विभिन्न स्थानहरुमा एक रुपैयाँ संकलन गरेपछि मुख्यमन्त्रीलाई वुझाईउने संयोजक शाहले बताए ।
