 
सुदुरपश्चिम प्रदेशको रानीबन स्पोर्टस क्लब 'सी' डिभिजन'लिगमा बढुवा भएको छ ।
 
 सोमबार भएको सी छनोटको अन्तिम खेलमा रानीबनले नुवाकोट युनाईटेड फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो ।
रानीबनको जितमा विवेक संजेलले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरे ।
 
 जितसँगै रानीबनले सी डिभिजनको यात्रा तय गरेको हो ।
यस अघि आरसी-३२ र स्पोर्टस एकेडेमी साँगा सी डिभिजनमा उक्लिएको थियो ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
