 
धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा कैलालीमाथि उत्कृष्ट जित निकाल्दै डोटी फाइनलमा प्रवेश गरेको छ ।
 
 कञ्चनपुरलाई पराजित गर्दै समूह विजेतासहित सेमिफाइनलमा प्रवेश गरेको डोटीले आज सम्पन्न सेमिफाइनल खेलमा
कैलालीलाई ३-१ को सेटमा पराजित गरी फाइनको यात्रा तय गरेको हो ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
