सेती प्रादेशिक अस्पतालमा कोराना संक्रमित एक जनाको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको भीमदत्तनगरपालिका- ४ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।