
बाजुराको रानीबन स्पोर्टस क्लबले सी डिभिजन छनोटको पहिलो खेलमा जित हासिल गरेको छ ।

काठमाण्डौंमा भएको खेलमा बाजुराको रानीवन स्पोट्स क्लवले राप्ती रिर्भर युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
रानीवन स्पोर्ट्स क्लबका लागि दिपक विकले २ उत्कृष्ट गोल गरे भने किरन बोहोराले एक गोल थपे । दिपक विक खेलको ‘म्यान अफ द म्याच’ भए ।

क्लबले अर्काे खेल ८ गते खेल्नेछ ।