प्रादेशिक विद्युत कार्यालयमा कर्मचारीले आँफै ताला लगाएर काम थाले
 
aa

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारीहरुले आफैले कार्यालयमा ताला लगाएर काम शुरु गरेका  छन्।

सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि बिधुत मर्मतमा कार्यरत मजदुरले  कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसको जबाबमा असुरक्षित भएको भन्दै कर्मचारीले आज आँफै ताला लगाएका हुन ।

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले कार्यालयमा कार्यरत कर्मचारीले असुरक्षित महसुस गरेपछि भित्रबाट ताला लगाएको हुनसक्ने बताए। कर्मचारी निकालिएको बिषयमा प्राधिकरणको कुनै भूमिका नरहने उनको जिकिर छ ।