
मंगलवार कारोबारको शुरूवाती समयदेखि नै निरन्तर ओरालो लागेको शेयर बजार अहिले भने उकालो लागेको छ । साढे १२ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक २९.६७ अंकले बढेको छ भने शेयर बजार विन्दु २७२७.९१ पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ५.८३ अंकले बढ्दै ५१२.०९ विन्दुमा पुगेको छ । २ सय १२ कम्पनीको ८१ लाख ५४ हजार कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
