
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा मंगलबार २६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
