
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ का ७७ बर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परिक्षण नै नभएको सूचना अधिकारी श्रेष्ठले बताए । हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भर्ईरहेको छ ।
