राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह
 
dd

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा आएका छन्।  जयवीरसिंहले यसपालि डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्। 

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्रियाशील सदस्य रहेका छन्। कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए।

उनकाअनुसार जयवीरसिंह गाउँ भने आएका छैनन्। भदौ १८ मा अधिवेशन गर्ने भने पनि २५ गतेका लागि सारिएको भट्टले बताए। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्।