सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२२ नमूनाको कोरोना परिक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन् । हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।
2024/06/01, 7:34
2024/06/01, 7:32
2024/06/01, 7:31
2024/06/01, 7:30
2024/06/01, 7:29
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/19, 9:19
2020/12/06, 10:20
2022/07/03, 6:14
2023/10/31, 10:15