
कैलालीमा राति ८ बजेपछि सम्पूर्ण पसल सञ्चालनमा लगाइएको रोक हटेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो।

‘सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको सवास्थ्य मापदण्ड तथा प्रोटोकलहरुको पूर्ण रुपमा पालना गर्ने शर्तमा मा त्र सञ्चालन गर्न पाउने छ’ प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ।
