धनगढीमा आयोजित कार्यक्रममा जसपा नेता बाबुराम भट्टराईले भने-देउवा नेतृत्वको सरकारले नै चुनाव गराउँछ

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताएका हुन् ।
संविधानअनुसार यो सरकार बनेको बताउँदै उनले अहिले पनि देशी विदेशी शक्तिहरूको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए ।
