
कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।

कञ्चनपुरबाट कैलालीतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरन राना नदी तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बेलुका ६ बजेतिर ३ जना कैलाली आउदै गर्दा मोहना नदी तर्ने क्रममा पुरन बेपत्ता भएको जनाएको छ । उनिसगै आएका दुई जनाले भने नदी पार गरेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीको टोलीले पुरनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।