
शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १५१ नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १२० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्।
