हनुमान नगर युथ क्लब द्धारा खाद्यान्न सामाग्री वितरण
 
rahat bitaran jugeda

जे धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा डि गाउँमा रहेको हनुमान नगर युथ क्लबले बिहिबार बिपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण समस्यामा रहेको अति बिपन्न २२ परिवारलाई डि गाउँ दाजुभाई गु्रपको सहयोगमा खाद्यन्न बितरण गरिएको क्लबका अध्यक्ष रबिन्द्र बहादुर सिहंले बताए । खाद्यान्नमा १ कट्टा चामल, ४ केजी दाल, ३ पोका तेल, २ प्याकेट नुन बितरण गरिएको हो ।

rahat bitaran

“आफु बचौ, बचाऔ आफ्नै गाउँ, टोल शहर अभियान“ अन्तर्गत दिनहुँ ज्याला मजदुरी गर्ने, एकल महिला, भारतकै रोजगारीमा सिमित भएकालाई बितरण गरिएको क्लबका सदस्य जनक धामीले बताए । राहत प्राप्त गरेकी एकल महिला शुसिला बोहराले लकडाउनका कारण दुईछाक टार्न समस्या भएका बेला सहयोग गरेकोमा धन्यबाद व्यक्तगरिन् । जुगेडा घर भई विदेशमा रहेका दाजुभाईहरुको समुह डि गाउँ दाजुभाई गु्रपले रकम संकलन गरी हनुमान नगर युथ क्लबलाई यस कामको जिम्मा लगाईएको थियो ।

rahat

हरेक सामाजिक कार्यमा डि गाउँ दाजुभाई गु्रपको हरेक समय सहयोग रहने ग्रुपका संयोजक कुँबेर रोकाया बताए । यस अघि क्लबले क्वारेन्टाईनमा रहेका १४ जनालाई १० हजार बराबरको स्वास्थ सामाग्री हस्तान्तरण गरेको थियो ।