
हाम्रो सस्कृती हाम्रो पहिचान नेपालले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले ‘ओल्को’ बुझाएको छ। चार बुँदे मागसहित ‘ओल्को’ बुझाइएको हाम्रो सस्कृती हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत डोटेली कान्छाले बताए।

प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी जोशीलाई श्रष्टा कल्याणकारी कोष स्थापना, प्रादेशिक संगीत सेन्सर बोर्डको स्थापना, प्रादेशिक प्रज्ञा प्रतिष्ठानको स्थापना र सास्कृतिक संग्रहालय स्थापनाको माग गर्दै ‘ओल्को’ दिइएको रावतले बताए।
यस्तै उक्त संस्थाले धनगढी उपमहानगरपालिकालाई पनि ‘ओल्को’ दिएको छ। आज सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसरमा ‘ओल्को’ दिइएको हो। ओल्के भन्नाले उपहार तथा कोशेली भन्ने बुझिन्छ।
