
मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।

शनिबार राति काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा बा ७३ प ६०१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का ३२ वर्षीय दयराम चौधरी घाइते भएका थिए।
गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ।
