
सुदूरपश्चिममा आज १८ जनामा कोभिड–१९को संक्रममण पुष्टि भएको छ।

प्रदेशभर ८ सय ७९ जनाको नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशभर एन्टिजेन बिधिबाट ७ सय ७३ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै प्रदेशमा आज ३८ जनाले कोरोना जितेर घर फर्किएका छन्।
