महाकालीमा तुईन प्रकरणः एसएसबीले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको प्रतिवेदन सार्वजनिक
 
dd

एसएसबीले तुईन काट्दा दार्चुलाका जयसिंह धामी वेपत्ता रहेको घटनाको सरकारी टोलीले अध्ययन अनुसन्धान गरिहेकै वेला एक संस्थाले भने तुईन काट्दा घटना घटेको निष्कर्ष सहित प्रतिवेदन सार्वजनिक गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन फुकालिदिएपछि दार्चुलाका ३३ वर्षीय धामी महाकालीमा खसेको जनअधिकार अभियान नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

साउन १५ गते व्याँस गाउँपालिका–२ का धामी महाकालीमा बेपत्ता भएको घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा अभियानले प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । बुधबार अभियानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको ठहर गरेको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेको अभियानले  नेपाल सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न आग्रह गरेको छ । सरकारले गठन गरेको टोलीले पनि घटनाको अध्ययन अनुसन्धान गरेको छ । त्यसको प्रंतिवेदन भने आउन बाँकी रहेको छ । टोली दार्चुला सहित बैतडी धनगढी हुदैं बुधबार काठमाण्डौ फर्किएको छ । टोलीलाई मंगलबार मात्रै सरकारले सात दिनको म्याद थपेको छ । सरकारी टोलीले केही दिनमा सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।

यस्तो छ प्रतिवेदन: