
सुदुरपश्चिममा विहीवार थप २७ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा कैलालीका ७ जना रहेका छन् । उनीहरु सवै जना पुरुष रहेका छन् ।

गौरीगंगा नगरपालिकामा मात्रै ६ जना थपिएका हुन् । योसँगै कैलालीमा संक्रमितको संख्या ६७ पुगेको छ । कञ्चनपुरमा विहीवार भने एक जनामा पनि कोरोना पुष्टि भएको छैन् । दुई जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।
कञ्चनपुरमा ३४ जना संक्रमित रहेका छन् । दुवै जिल्लाका संक्रमितको संख्या एक सय एक पुगेकोे छ ।
