
बैतडीको झाडबोमा खानेपानी पुगेको छ। जिल्लाको सुर्नया गाउँपालिका -७ को झाडबो टोलमा लिफ्टिङ प्रणाली मार्फत खानेपानी पुगेको हो।

एक करोड ८६ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले बताए। उनका अनुसार साढे आठ किलोमिटर उचाईमा सोलार प्यानल प्रयोग गरेर पानी तानिएको हो।
सुर्नया गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र स्थानीयको जनश्रमदानमा सम्पन्न भएको उक्त खानेपानी योजना अन्तर्गत १५६ घरधुरीमा धारा बनेका बताइएको छ। वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका त्यहाँका स्थानीय खानेपानी पुगेपछि हर्षित भएका छन्।
