 
सुदुरपश्चिममा विहीवार थप २७ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा कैलालीका ७ जना रहेका छन् । उनीहरु सवै जना पुरुष रहेका छन् ।
 
 गौरीगंगा नगरपालिकामा मात्रै ६ जना थपिएका हुन् । योसँगै कैलालीमा संक्रमितको संख्या ६७ पुगेको छ । यसअघि वुधवारसम्म जिल्लामा संक्रमितको संख्या ६० रहेको थियो ।
 कैलालीको गौरीगंगा नगरपालिकामा मात्रै सवैभन्दा वढी २६ जना संक्रमित पुगेका छन् । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
