
बैतडीमा करेन्ट लागेर एकैघरका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको बताइएको छ । उनीहरुलाई जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ओझाले बताए ।
मृतक दुवैजना सहोदर दाजुभाई हुन् । घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको प्रहरीले जनाएको छ ।
