
कैलालीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए । बलात्कार घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
