
सुदूरपश्चिममा सोमबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५० जना निको भएर घर फर्किएका छन्।

प्रदेशमा ५ सय ९५ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १ सय ८६ नमुना परीक्षण गर्दा ३८ जना, महाकाली अस्पतालमा १४ जनाको नमूना परीक्षण गर्दा २ जनार डडेल्धुराम अस्पतालमा १४ जनाको नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
प्रदेशभर ३ सय ८१ जनाकोे एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ। सोमबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको जनाइएको छ।
