
आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।

पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
