सेती अस्पतालका डा. शर्मा बारबरा फाउण्डेशनबाट सम्मानित
 
aa

बारबरा फाउन्डेशनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मालाई सम्मानित गरेको छ।

कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने शर्मासहित स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड–१९ विशेष सम्मानित गरेको हो।  

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक, सहयोगी र संस्थाहरुलाई सम्मानित गरिएको फाउन्डेशनले जनाएको छ।