
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३५ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ ।

प्रयोगशालामा १२९ नमूनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ९४ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । भने,४ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्।
